म गृहमा जाने निर्णय भएको छैन : उपप्रधानमन्त्री श्रेष्ठ
सोमबार, १३ चैत २०७९, १७ : १४
काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफू गृह मन्त्रालयको जिम्मेवारी लिएर जाने विषयमा कुनै निर्णय नभएको बताएका छन्। आफ्नो तीन महिना तीन दिन कार्यकालमा भएका प्रगति विवरण सार्वजनिक गर्ने क्रममा उनले यस्तो दावी गरेका हुन्। उनले भने,‘ सरकारको जुन समीकरण परिवर्तन भएको छ, त्यो सबैलाई अवगत नै छ, मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन। केही दिन भित्रै पूर्णता पाउँछ। म गृह मन्त्रालयमा जाने हल्ला भएपनि निर्णय भईसहेको छैन।’
श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई जुन जिम्मेवारी दिएपनि आफू जाने बताए। उनले भने, ‘बाहिर हल्ला आएजस्तो निर्णय भएको छैन। प्रधानमन्त्रीलाई जे गर्दा उपयुक्त हुन्छ भन्नुहुन्छ वा निर्णय गर्नुहुन्छ, त्यही गर्छु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा
-
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
-
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा
-
विधानसभा निर्वाचन : महाराष्ट्रमा भाजपाले खाता खोल्यो