गाईको मासु बेच्नेलाई कारबाही गर्न गृह मन्त्रालयमा पत्राचार

काठमाडौँ । मधेशी आयोगले वीरगंज महानगरपालिकामा रहेको चिकेन स्टेशनलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ । सो चिकेन स्टेशनले गाईको मासु बेचेको भन्दै आयोगले गृहमन्त्रालयलाई पत्राचार गरेको हो । चिकेन स्टेशनले रमदानको अवसरमा गाईको मासुको परिकारमा विशेष छुटसम्बन्धी विज्ञापन प्रचार गरेको भन्दै विभिन्न हिन्दु संघ संगठनहरुले मधेशी आयोगमा उजुरी दर्ता गराएका थिए ।
उजुरी प्राप्त भएपछि आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको निर्देशनमा गृह मन्त्रालयलाई पत्राचार गरिएको हो । आयोगका अध्यक्ष डा.दत्तले राष्ट्रिय जनावर तथा हिन्दु धर्मावलम्बीहरुले पूजा गर्ने गाईको मासु बेच्नु गैरकानुनी क्रियाकलाप भएको बताउँदै त्यस्तो कार्य गर्नेलाई कारवाही गर्न गृहमन्त्राल लाई पत्र पठाइएको बताए । अध्यक्ष डा.दत्तले यस्ता गैरकानुनी काम गर्ने जोसुकैलाई पनि आयोगले कानुनी दायरामा ल्याई कारबाही गरिने जानकारी दिए । सो चिकेन स्टेशन हिन्दु परिषद नेपालका केन्द्रिय सदस्य अरुण झाले सञ्चालन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार दुवाल र चन्दलाई
-
इसेवाले ल्यायो १ लाख जित्न सकिने अफर
-
केएल राहुलले तोडे डेभिड वार्नरको कीर्तिमान
-
कक्षा १२ को परीक्षाको संशोधित तालिका आज प्रकाशित गरिने
-
प्ले–अफ चरण प्रवेशको सम्भावना जीवित राख्न जित्नैपर्ने दबाबमा मुम्बई र हैदराबाद
-
प्रमुख दलका सचेतकलाई सभामुखले बोलाए छलफलमा