आकांक्षा दुबेको मृत्युको मामिलामा भोजपुरी गायकविरुद्ध एफआइआर दर्ता

भोजपुरी अभिनेत्री आकांक्षा दुबेको मृत्युपछि उनकी आमाको उजुरीमा वाराणसीको सारनाथ प्रहरी चौकीमा एक एफआरआई दर्ता भएको छ ।
यस एफआईआरमा अभिनेत्रीकी आमा मधु दुबेले भोजपुरी गायक समर सिंह र उनका भाइ सञ्जय सिंहमाथि आफ्नी छोरीको ‘हत्या’ गरेको आरोप लगाएकी छन् । तर, प्रहरीका अनुसार पहिलो नजरमा यो घटना ‘आत्महत्या’ को लाग्छ ।
सारनाथका एसीपी ज्ञान प्रकाशले भने, ‘आकांक्षा दुबेको मामला पहिलो नजरमा आत्महत्या हो । यस सम्बन्धमा उनकी आमा मधु दुबेको उजुरीको आधारमा सारनाथ प्रहरी चौकीमा मुद्दा दर्ता गरिएको छ ।’
एसीपी प्रकाशले भने, ‘यस मुद्दामा उनले समर सिंह र सञ्जय सिंहलाई आरोपी बनाएका छन् । यस विषयमा थप कारबाही भइरहेको छ ।’
आकांक्षा दुबे आइतबार वाराणसीको एक होटलमा मृत फेला परेकी थिइन् । उनी एक फिल्मको सुटिङको सिलसिलामा वाराणसीमा रहेको बताइएको छ ।
आमाको सिंह भाइहरूमाथि गम्भीर आरोप
आकांक्षा दुबेकी आमा मधु दुबेले भोजपुरी गायक समर सिंह र उनका भाइ सञ्जय सिंहले अभिनेत्री छोरीलाई दुर्व्यवहार र आर्थिक शोषण गरेको आरोप लगाएकी छन् ।
उजुरीमा उनले आफ्नी छोरीलाई काम गर्न लगाइए पनि पारिश्रमिक नदिइएको आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ