मातातीर्थमा मिटरब्याजी पीडितहरुको भान्सा, तस्बिरमा हेरौं
सोमबार, १३ चैत २०७९, १५ : ०५

काठमाडौँ । महोत्तरीको बर्दिबासबाट काठमाडौंका लागि हिँडेका मिटरब्याज पीडितहरु काठमाडौँ आइपुगेका छन् । बर्दिबासबाट हिँडेर १२ औँ दिनमा उनीहरु काठमाडौँ आइपुगेका हुन् । उनीहरु सोमबार काठमाडौंको मातातिर्थ, कलंकी हुँदै माइतीघर मण्डलामा आउनेछन् ।
माइतीघर आइपुगेपछि आफ्ना माग सम्बोधन गर्न सरकारमाथि दबाब सृजना गर्ने तयारी छ । आइतबार बेलुका मातातिर्थमा बास बसेका उनीहरुको सोमबार बिहान खाना खानेदेखि अन्य गतिविधिका तस्बिरलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।