लागु औषधसहित २ जना पक्राउ
सोमबार, १३ चैत २०७९, १२ : ५३

काठमाडौँ । झापा र पर्साबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । झापाको बिर्तामोड नगरपालिका(३ पुण्डरी चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय मिलिग्रामसहित ईलाम चुलाचुली गाउँपालिका–४ बस्ने २७ वर्षीय सुरेश लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
पर्साको कालिकामाई गाउँपालिका–१ तिनदुविया गाउँ बस्ने ३८ वर्षीय बृजेशप्रसाद कुर्मीलाई अवैध लागुऔषध चरेश जस्तो देखिने वस्तु करिब १० केजीसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजतन्त्र ब्युँताउनु दिवास्वप्न : उपेन्द्र यादव
-
गभर्नर नियुक्तिमा कांग्रेस र एमालेको हानथाप : छनोट समिति र अर्थ मन्त्रालय निरीह
-
सबैका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक : पूर्वउपराष्ट्रपति झा
-
केपी ओली कप क्रिकेटमा समूह चरणका खेल सकियो
-
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण
-
५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा