कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
सोमबार, १३ चैत २०७९, ०७ : ३९

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मंगलबार विहान ९ बजेका लागि बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
महामन्त्री गगन थापाका अनुसार बैठकमा मन्त्री छनोट र उपनिर्वाचनबारे छलफल हुने छ । बैठकले तनहुँ १ र चितवन २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने उनले बताए । बारा २ मा पनि उम्मेदवार दिने कि नदिने भन्नेबारे पनि बैठकमा छलफल हुने छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनबाट बरा २ मा उम्मेदवार बन्न खोजिरहेका छन् । यादवलाई सहयोग गर्ने वा आफ्नै उम्मेदवार उठाउने भन्नेमा कांग्रेसभित्र अलमल छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस
-
संसदीय मैत्री समूहले दुई देशबिचको सम्बन्धलाई सहज बनाउँछ : राष्ट्रियसभा अध्यक्ष
-
पाल्पाको जङ्गलमा डढेलो, तीन गाउँ जोखिममा
-
१० बजे १० समाचार : घाटामा रेलदेखि ललिता निवासमा अख्तियार सर्वोच्चसम्म