वुमन्स प्रिमियर लिगको उपाधि मुम्बईलाई

मुम्बई । वुमन्स प्रिमियर लिगको पहिलो सिजनको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । प्रतियोगिताको फाइनल खेलमा मुम्बईले दिल्लीलाई ७ विकेटले पराजित गरेको हो ।
दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई १३२ रनको लक्ष्य दिएको थियो, जुन मुम्बईले अन्तिम ओभरमा नेट सिभर-ब्रन्टको उत्कृष्ट अर्धशतकीय इनिङ्सको मद्दतले पुरा गरेको थियो। सिभर-ब्रन्ट प्लेयर अफ द म्याच चुनिइन्। उनले ५५ बलमा ६० रन बनाइन् ।
तर, मुम्बई इन्डियन्सको सुरुवात खासै राम्रो भएन । दोस्रो ओभरमा यास्तिका भाटिया चार रनको व्यक्तिगत स्कोरमा आउट भइन्। चौथो ओभरमा हेली म्याथ्युजलाई जेस जोनासेनलाई प्याभिलियन फर्काए । यसपछि कप्तान हरमनप्रीत कौर र नेट सिभर ब्रन्टबीच राम्रो साझेदारी देखिएको थियो । हरमनप्रीत कौर ३७ रन बनाएर रनआउट भइन् ।
यसअघि शिखा पाण्डे र राधा यादवको उत्कृष्ट ब्याटिङको आधारमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई १३२ रनको लक्ष्य दिएको थियो । दिल्ली क्यापिटल्सको सुरुवात निकै खराब रह्यो । मुम्बई इन्डियन्सका बलर इसी वोङले दोस्रो ओभरमा दुई विकेट लिएर दिल्ली क्यापिटल्सलाई ठूलो झटका दिइन् ।
त्यसपछि दिल्ली क्यापिटल्सको टोलीले पुनरागमन गर्न सकेन र लगातार विकेटहरू झर्दै गयो। तर अन्तिम ओभरमा दिल्ली क्यापिटल्सका लागि शिखा पाण्डे र राधा यादवको जोडीले द्रूत रन बनाएर टोलीलाई सम्मानजनक स्कोरमा पुर्याए । दुवैले २७–२७ रन बनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको राहदानी ‘ब्ल्याकलिस्ट’मा राखिँदै
-
१० बजे १० समाचार : ज्ञानेन्द्रलाई जरिवाना, राजावादी धमाधम पक्राउ पर्दा कमाण्डर फरार
-
म्यानमारमा गएको भूकम्पमा १५ जना गैरआवासीय नेपालीको मृत्यु
-
आन्दोलनका नाममा हिंसा गर्ने जोसुकैलाई कारबाही हुन्छः मन्त्री गुरुङ
-
तीनकुने घटनापछि प्रहरी हेडक्वार्टरले मगायो उपत्यका बाहिरको फौज
-
गुजरातद्वारा मुम्बईसामु जितका लागि १ सय ९७ रनको लक्ष्य प्रस्तुत