बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु
आइतबार, १२ चैत २०७९, २१ : ५४

बैतडी । भिरबाट लडेर बैतडीमा एक पुरुषको ज्यान गएको छ । पाटन नगरपालिका–४ बत्थीका ५० वर्षीय जगदिश सिंह महराको आइतबार भिरबाट लडेर मृत्यु भएको हो ।
आइतबार दिउँसो एक बजे सोही वडाकै बग्गीचोर भन्ने ठाउँमा महरा भिरबाट लडेर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।
महरालाई स्वास्थ्य केन्द्रमा पुर्याए पनि उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज योगेश खत्रीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारमाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
-
भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार
-
सर्वोच्चमा मनाङेका दुई घण्टाः ‘मुद्दा हेर्न नमिल्नेले गोला किन तान्नु ?’
-
बागमतीमा आयोजना बैङ्क सञ्चालनका लागि मन्त्रालयलाई अभिमुखीकरण तालिम
-
चुरे तराई जनसांगीतिक अभियानः चुरे फेदीमा नाच्दै, गाउँदै माओवादी
-
चिकित्सकको आन्दोलन : शुक्रबार आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने