बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

यू–१७ महिला च्याम्पियनसिपमा नेपाल रसियासँग पराजित

आइतबार, १२ चैत २०७९, २१ : ४२
आइतबार, १२ चैत २०७९

काठमाडौँ । यू–१७ महिला च्याम्पियनसिप २०२३ मा नेपाल रसियासँग पराजित भएको छ । बंगलादेशमा जारी  प्रतियोगितामा नेपाल रसियासँग ३–० गोलले पराजित भएको हो।   प्रतियोगितामा आयोजक बंगलादेशसहित भुटान, नेपाल, भारत र आमन्त्रितको रूपमा रसिया सहभागी छन्। 

एलेना गोचिले ६३ औँ मिनेटमा गोल गर्दै यसपटकको आमन्त्रित टोली रुसलाई अग्रता दिलाइन् । ७५ औँ मिनेटमा उनले टोलीको अग्रता दोब्बर बनाइन् । ८३ औँ मिनेटमा पोलिन फिल्सिनाले अर्को गोल गर्दै टोलीको जीत सुनिश्चित गरिन् ।

जसअनुसार आइतबारको तेस्रो खेलमा हारेसँगै नेपालले खेलेका तीन खेलमध्ये दुईमा हार बेहोरेको छ । पहिलो खेलमा नेपाल भारतसँग ४–१ ले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले भुटानलाई ५–० गोलले हराएको थियो । नेपालले अन्तिम खेल मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्ने तय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप