भिनुमाले जितिन् छैटौँ ‘मिस लिम्बू’को ताज

काठमाडौँ । ‘सम्मान मिस लिम्बू’ को उपाधि भिनुमा पाहिम लिम्बूले जितेकी छन् । १७ प्रतिस्पर्धीलाई पछि पार्दै तेह्रथुम खाम्लालुङकी लिम्बुले शीर्ष उपाधि चुमेकी हुन् ।
‘बौद्धिक विकास र सौन्दर्य, पहिचान र संस्कृति’ भन्ने नारासहित शनिबार अबेर साँझ राजधानीमा आयोजित पाँचथरकी काजल सेलिङ लिम्बू र फस्ट रनरअप र धनकुटाकी मुना चेम्जोङ लिम्बू सेकेण्ड रनरअफ भए । विजेता तीनै जनाले ताज र क्रमशः एक लाख, एक लाख र ५० हजार नगद प्राप्त गरे ।
कार्यक्रममा पूर्व मिस नेपालद्वय माल्भिका सुब्बा, इभाना मानन्धर, वरिष्ठ कलाकार सुनिल थापा, कोरियोग्राफर जयन सुब्बा मानन्धर, नेत्र चिकित्सक डा.बेन सुब्बा, पुर्वमिस लिम्बू मेरिना पोमु लिम्बू लगायत निर्णायक रहेका थिए । प्रतियोगितामा विभिन्न १६ वटा सबटाइटल अवार्ड समेत प्रदान गरिएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रथम नेपाली तारा दिपक लिम्बू, कन्चन थलङ लगायतले गीत संगीत प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी