राजनीति
सत्ता साझेदार दलको बैठक बस्न सकेन
आइतबार, १२ चैत २०७९, २० : ४२
![सत्ता साझेदार दलको बैठक बस्न सकेन](https://npcdn.ratopati.com/media/news/gathbandhan_GzzV1lAQML.jpg)
काठमाडौँ । मन्त्रिपरिषद् विस्तारका लागि आइतबार साँझ बस्ने भनिएको सत्ता साझेदार दलको बैठक बस्न सकेन । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्ततासहित आवश्यक गृह कार्य नपुगेकाले बैठक भोलि बस्ने भएको हो ।
"आज सत्ता साझेदार दलको अनौपचारिक बैठक बस्ने भनिए पनि बस्न सकेन । भोलि दिनभरिमा शीर्ष तह छलफल गरेर मन्त्रालय भागबन्डा टुङ्गो लाग्ला,’ प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने, ‘मन्त्रालय भागबन्डा टुङ्गो लागेमा पर्सी मन्त्रीहरूले शपथ लिने अवस्था हुन सक्छ ।’
सत्ता साझेदार दलका नेताहरू आफ्नो दाबी राखे पनि कसले कति मन्त्रालय पाउने भन्ने टुङ्गो लागि नसकेको ती सचिवालय सदस्यले बताए । अहिलेसम्म गृह मन्त्रालय माओवादी र अर्थ मन्त्रालय कांग्रेसले लिने मोटामोटी सहमति भएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१९ वटा वाणिज्य बैंकले बोलाए साधारणसभा, ११ बैंकको लाभांश घोषणा
-
सनम तेरी कसम–२ बनाउने तयारी
-
दक्षिण कोरियामा शिक्षिकाद्वारा ८ वर्षीया बालिकाको हत्या
-
खेतबारीमा आएका बाँदर र बँदेल लखेट्दा मरेको खण्डमा कानुनी कारबाही हुन्छ ?
-
गोकुल बास्कोटाको कटाक्ष : चार प्रधानमन्त्री फेरिए‚ चार किलोमिटर बाटो बनेन
-
५.७८ प्रतिशतले बढ्यो चन्द्रागिरि हिल्सको नाफा