एकैदिन १६ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण आज पनि बढेको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज नौ सय २१ जनामा गरिएको परीक्षणमा १६ जनामा सङ्क्रमण देखिएको छ । चैत १० गते एक हजार पाँच सय १४ जनामा गरिएको परीक्षणमा दुई र चैत ११ गते एक हजार दुई सय ७२ जनामा गरिएको परीक्षणमा तीनजनामा सङ्क्रमण देखिएको थियो ।
सङ्क्रमित बढेसँगै सक्रिय सङ्क्रमित पनि बढेको पाइएको छ । आज सक्रिय सङ्क्रमितको सङ्ख्या ४२ पुगेका छन् ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा सङ्क्रमण बढिरहेको र खुला सिमानाका कारणले नेपाल पनि देखिएको बताए । मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक सम्मानित
-
महावीरको जीवनबाट सिक्दै सत्कर्ममा हिँडौँ : सतिशकुमार सिंह
-
वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने वातावरण बन्छ : अर्थमन्त्री
-
‘सञ्चालकहरूको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’
-
नेपालले चीनको विकास र समृद्धिबाट लाभ लिनुपर्छ : अध्यक्ष दाहाल
-
शीतभण्डारमा दुई सय १० मेट्रिकटन आलु भण्डारण