प्रधान सेनापतिद्वारा प्रहरी महानिरीक्षकलाई बधाई
आइतबार, १२ चैत २०७९, १८ : १५

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक बसन्त बहादुर कुँवरलाई बधाई तथा शुभकामना दिएका छन् । सैनिक मुख्यालयमा भएको भेटका क्रममा आइतबार प्रधानसेनापतिले आईजीपीलाई बधाई तथा शुभकामना दिएका हुन् । सो क्रममा प्रधान सेनापति र आईजीपीबीच आपसी सहकार्यका विषयमा पनि छलफल भएको बताइएको छ ।
कुँवर शुक्रबार मन्त्रिपरिषद्को निर्णयअनुसार आईजीपीमा नियुक्ति भएका थिए भने आजै दर्ज्यानी चिह्न पाएपछि पदभार ग्रहण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पटक-पटक नाकबाट रगत बग्छ ? हेमोफिलिया हुनसक्छ
-
वर्षाका कारण विश्वकप खेल्ने नेपालको सपना चकनाचुर
-
राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक : सभामुख घिमिरे
-
चमत्कारी उपदेशक
-
काश्मिरमा शक्तिशाली भूकम्प, दिल्लीसम्म झड्का
-
इरान र अमेरिकाबिच आणविक विषयमा दोस्रो चरणको उच्चस्तरीय वार्ता रोममा सुरु हुँदै