१३ वर्षीया गरिमाले भनिन्- ‘आफ्नो न्यायका लागि काठमाडौँ आएकी हुँ’

काठमाडौँ । तिमी यहाँ किन आएको ? हाम्रो प्रश्नमा १३ वर्षीया गरिमा रायले स्फूर्तिका साथ भनिन्, ‘आफ्नो न्यायका लागि ।’ मधेसका मिटरब्याज पीडितहरू संघर्ष समिति बनाएर, १० दिनसम्म हिँडेर आज (आइतबार) काठमाडौंको मातातीर्थ आइपुगेका छन् । चैत २ गते यात्रा थालेका उनीहरू महोत्तरीको बर्दिबास हुँदै चन्द्रनिगाहपुर, हेटौँडा, भीमफेदी र चन्द्रागिरि हुँदै आएका हुन् ।
उनीहरूको ब्यानर छ– तमसुक व्यवस्था खारेज गर । बर्दिवासदेखि हेटौँडा हुँदै काठमाडौंसम्म मिटरब्याजविरुद्ध पीडितहरूको मार्च ।’ यस आन्दोलनमा आमासँगै हिँडेर १३ वर्षीया गरिमा पनि काठमाडौं आइपुगेकी हुन् । सिरहाको बेलाहा घर भएकी उनी अहिले ५ कक्षामा पढ्दै छन् । उनका बुवा रोजगारीको सिलसिलामा कतारमा छन् ।
गरिमाका अनुसार, स्थानीय सुजाता शाहसँग उनकी आमाले दुई लाख रुपैयाँ सापटी लिएकी थिइन् । ‘त्यसमा ममीले ३५ लाख रुपैयाँ तिरिसक्नुभयो । हाम्रो ६ धुर जमिन पनि उनीहरूले लिइसकेका छन्,’ गरिमा भन्छिन्, ‘तैपनि पैसा माग्न छाडेका छैनन् । हाम्रो रुममा उनी चार जनाजति केटाहरू लिएर आउँथिन् र हामीलाई पैसा तिर्न अत्त्याउँथिन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्टिफिकेट सच्याइदिन्छु भनेर ठगेको आरोपमा एक जना पक्राउ
-
जसले नचाए दिन दहाडै क्याम्पसभित्र वञ्चरो...
-
नो केबलकार समूहद्वारा ‘फुङ्लिङ काण्ड’को विरोधमा आन्दोलन घोषणा
-
काठमाडौँको सुकेधारामा फोहरले पुरेको अवस्थामा शव भेटियो
-
गोली लागेर एक जनाको मृत्यु, दुई पक्राउ
-
तीन दिनभित्र केयूकाे उपकुलपति नियुक्त गर्न अल्टिमेटम