सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जसपाद्वारा विधानको मस्यौदामाथि सुझाव सङ्कलन तीव्र

आइतबार, १२ चैत २०७९, १६ : ०६
आइतबार, १२ चैत २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो पार्टी विधानको मस्यौदामाथि सुझाव सङ्कलनको कार्यलाई तीव्रता दिएको छ । जसपाले विधानमाथिको सुझाव पठाउन मातहत समितिलाई यही चैत १५ गतेसम्मको समय सीमा तोकेको छ ।  जसपाले चैत २६ गतेदेखि विधान अधिवेशन गर्ने निर्णय गरिसकेकाले विधान संशोधनको मस्यौदाबार छलफललाई तीव्रता दिइएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए । 

उनका अनुसार मधेस प्रदेशको कलैया, बागमती प्रदेशको काठमाडौँ, गण्डकी प्रदेशको पोखरा, सुदूरपश्चिम प्रदेशको धनगढीमा मस्यौदामाथि जसपा नेपालले शनिबार छलफल गरेको छ । 

लुम्बिनी प्रदेशले सोमबार र कोशी प्रदेशले चैत १७ गते विधानमाथि सुझाव सङ्कलनका लागि प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रम गर्ने भएका छन् । प्रदेशस्तरीय कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, सङ्घीय परिषद् सदस्य, प्रदेश समितिका पदाधिकारी, सदस्य र प्रदेशस्तरीय भ्रातृ सङ्गठनका पदाधिकारी सहभागी हुने गरेका छन् । 

यसैगरी ट्रेड युनियन महासङ्घले आज, चैत १३ गते भ्रातृसङ्गठन, बौद्धिक पेसाकर्मी महासङ्घले १४ गते काठमाडौँमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने सो पार्टीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप