प्रहरीमा मेरो गुट छैनः आईजीपी कुँवर
_biXSr0PgaH.jpg)
काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले प्रहरीमा आफ्नो छुट्टै गुट नभएको बताएका छन् । पदवहालीपछि नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधन गर्दै कुँवरले भने, ‘मेरो कुनै टिम र गुट छैन ।’
आईजीपी कुँवरले सामूहिकताको आधारमा निर्णय गर्ने बताएका छन् । विगतमा प्रहरीमा आईजीपीका ब्याचमेटहरुको बिचमा हिलो छ्यापाछ्याप हुने गरेको थियो । त्यसतर्फ सङ्केत गर्दै कुँवरले भने, ‘सामूहिक निर्णय गर्छु ।’
प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाबाट प्रहरीको गोप्य कागजात बाहिरिने गरेको विगत सम्झाउँदै कुँवरले भने, ‘कर्मचारी प्रशासन शाखाबाट कागजात बाहिरिए राम्रो हुँदैन ।’
प्रहरीभित्र कमजोरी भएको बताउँदै कुँवरले आन्तरिक शुद्धीकरण आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । निर्देशन सम्बोधनमा उनले भने, ‘आन्तरिक शुद्धीकरण मेरो भीष्म प्रतिज्ञा हो ।’
प्रहरी भित्रका गलत व्यक्तिहरूका कारण समस्या आउने गरेको कुँवरको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा