चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्ने यी हुन् ८ दल

दाङ । एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारबाट बाहिरिए लगत्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका आठ दलले कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई पत्र बुझाएका छन् ।
आइतबार आठ दलका तर्फबाट दलका नेता र एक स्वतन्त्र सांसदले प्रदेश प्रमुख अमिक शेरचनलाई पत्र बुझाउँदै संविधानको धारा १६८ को उपधारा २ बमोजिम कांग्रेसका चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गरेका हुन् । कांग्रेसका चौधरी, माओवादी केन्द्रका जोखबहादुर महरा, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेय, जनमतका चन्द्रकेश गुप्ता, जनता समाजवादी पार्टीका भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी, राष्ट्रिय जनमोर्चाका तारा थापा र स्वतन्त्र सांसद खड्ग बहादुर बस्नेतले हस्ताक्षर गरेर चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका हुन् ।
आइतबार बिहान नेकपा माओवादी केन्द्रसहित लुम्बिनी प्रदेशका ६ दलले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिएका थिए । ती दलका मन्त्रीहरूले मुख्यमन्त्रीलाई राजीनामा बुझाए लगत्तै उनीहरूले प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर समर्थन फिर्ता लिएको जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनपटक आयोजक, दुईपटक फाइनलमा तर, सधैँ अभागी
-
म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प
-
सोफीको शानदार प्रदर्शन, सुपर ओभरमा स्तब्ध बन्यो बैंगलुरु
-
क्रिकेटर दीपेन्द्रसिंह ऐरी एनएसएल फुटबलमा धनगढी एफसीको सद्भावनादूत नियुक्त
-
जग्गा विवादले रोकियो कर्णाली ‘हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर ’ निर्माण
-
सन्तोषी मृत्यु प्रकरण : अनुसन्धानका लागि इन्स्पेक्टर जोशी पक्राउ