रियलको चासोबीच हालान्डको तलब बढाउँदै सिटी

लण्डन । म्यानचेस्टर सिटीले स्टार स्ट्राइकर अर्लिङ हालान्डलाई सुधारिएको नयाँ करार अफर गर्ने तयारी गरेको छ । रियल मड्रिडले हालान्डमाथि नजर राखिरहँदा सिटीले यस्तो निर्णय गरेको हो ।
द सन पत्रिकाका अनुसार सिटीले नर्वेजियन खेलाडीलाई हप्ताको ५ लाख पाउन्ड तलबसहितको नयाँ करार अफर गर्ने तयारी गरेको जनाएको छ । सन् २०२२ मा सिटीसँग आबद्ध भएका हालान्डको सन् २०२७ सम्म करार रहेको छ । तर, पेप ग्वार्डिओला आफ्ना स्टार स्ट्राइकरलाई तलब थप्दै नयाँ करारसहित थप एक वर्ष क्लबमा राख्न चाहन्छन् ।
बोरुसिया डर्टमण्डका पूर्व स्ट्राइकर हाल प्रिमियर लिगमा केभिन डि ब्रयुना र म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डि गेयासँगै सर्वाधिक तलब पाउने खेलाडीमा छन् । उनीहरूले हप्ताको ३ लाख ७५ हजार पाउन्ड पाउँछन् ।
हालान्डले यो सिजन क्लबका लागि ४२ गोल गरिसकेका छन् । यसबीच उनी सिटी छाडेर रियल जाने चर्चा चलिरहेको छ । सिटी हालान्डको करार थप गरेर रियललाई आफ्नो खेलाडीबाट टाढा रहन सन्देश दिन चाहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता