सोमबार, १५ पुस २०८१
ताजा लोकप्रिय
लुम्बिनी प्रदेश

डिल्ली चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई पत्र

आइतबार, १२ चैत २०७९, १४ : ५२
आइतबार, १२ चैत २०७९

बुटवल । लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेस गरेका छन् । माओवादी केन्द्र लगायत ६ दलले समर्थन फिर्ता लिएलगत्तै चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

उनले प्रदेश प्रमुख अमिक शेरचनलाई ५३ जना सांसदको हस्ताक्षरसहितको पत्र बुझाएका छन् । लुम्बिनी प्रदेशमा जम्मा ८७ सिट रहेको छ। ४४ सिट भएमा बहुमत पुग्छ । यस आधारमा कांग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री बन्ने छन्।  प्रदेश प्रमुख शेरचनले  पेस गरिएको पत्र संविधानअनुसार प्रक्रियामा लैजाने बताए।

dabi

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप