मलंगवाबाट १ सय ८८ केजी गाँजा बरामद
आइतबार, १२ चैत २०७९, १२ : ३५

काठमाडौँ । सर्लाहीको मलंगवाबाट सशस्त्र प्रहरीले १ सय ८८ किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर–१० गण हेडक्वार्टर सर्लाहीबाट खटिएको टोलीले १ सय ८८ केजी गाँजा बरामद गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता (डिआईजी) पुरुषोत्तम थापाले जानकारी दिए ।
मलंगवा नगरपालिका–११ गम्हरीया स्थित झिम खोला बाँध इलाकाबाट लुकाई छिपाई नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गाँजा भेटिएको हो । सशस्त्र प्रहरी बलको गस्ती टोलीलाई देखेपछि कारोबारीहरु गाँजा छाडेर भागेका थिए । बरामद गाँजा सशस्त्र प्रहरीको गणमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगामा माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु
-
२० वर्ष पुराना गाडी विस्थापित गर्न विभाग र ट्राफिक कार्यालयलाई मन्त्रालयको पत्र
-
एकीकृत समाजवादी रुपन्देहीको अध्यक्षमा हिराध्वज शाह निर्वाचित
-
'अति सीमान्तकृत समुदायको अधिकारका लागि लडाइँ चलिरहेको छ'
-
पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयमा खुल्यो निःशुल्क तालिम
-
स्ववियु निर्वाचन पहिलो भएको भन्दै कांग्रेसले दियो नेविसंघलाई बधाई