कांग्रेसको नीति अधिवेशनबारे जुम मिटिङ हुँदै, महामन्त्री थापाले सम्बोधन गर्ने
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नीति अधिवेशनका सन्दर्भमा प्रकाश पार्ने भएका छन् । कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य नेतृत्वको सामाजिक लोकतन्त्र अध्ययन केन्द्रद्वारा आज साँझ आयोजित जुम मिटिङमा थापाले नीति अधिवेशनबारे धारणा राख्ने छन् ।
पहिलो पटक ‘नीति अधिवेशन’ गर्ने कांग्रेसको तयारीमा छ । तर नीति अधिवेशनमा प्रश्नहरु सिर्जना भएको अवस्था छ । नीति अधिवेशनमा सहभागिता र मस्यौदा तयारी तथा परिमार्जनको विधिबारे थापाले प्रष्ट पार्ने केन्द्रीय सदस्य आचार्यले बताए ।
उनले भने, ‘नीति अधिवेशनप्रति व्यापक अपनत्व कसरी सृजना गर्ने ? पारित नीति कार्यान्वयनको सुनिश्चितता र अनुगमनको प्रबन्ध कुन किसिमको हुने ? यसबारे पनि महामन्त्रीले भन्नुहुन्छ ।’
जुम मिटिङमा सहभागी हुनेहरूले नीति महाधिवेशनमाथि केन्द्रित रहेर आफूलाई लागेको सुझाव राख्न सक्ने आचार्यको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म