चर्को आवाज सुन्ने बानी भए होसियार
काठमाडौँ । श्रवण शक्ति कम हुने समस्या कतिपयमा देखिने गर्छ । त्यसैले चर्को ध्वनिबाट हुने श्रवण क्षतिलाई रोक्नेतर्फ ध्यान दिनुपर्छ । कसैको श्रवण शक्ति भए पनि धेरै चर्को ध्वनि बनाएर सुन्ने बानी हुन्छ । जसले गर्दा श्रवण शक्तिमा कमी आउन सक्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार श्रवण शक्ति कम हुन नदिने उपायहरू यस्ता छन्–
–चर्को ध्वनि भएको क्षेत्रमा काम गर्दा कपास इयर प्लगको प्रयोग गर्नुपर्छ ।
–मोबाइल फोन धेरै र लामो समयसम्म प्रयोग गर्नु हुँदैन ।
–हेडफोनबाट गीत सुन्दा चर्को आवाजमा नसुन्नु हुँदैन ।
–जथाभाबी सवारी साधनको हर्न बजाउन हुँदैन ।
–ठुलो आवाज भएको ठाउँमा लामो समयसम्म बस्न हुँदैन ।
–नियमित व्यायाम गर्नुपर्छ ।
–क्लब,पार्टी प्यालेस,डान्स बारमा चर्को ध्वनिलाई व्यवस्थित गर्नुपर्छ ।
–आफ्नो श्रवण शक्तिमा कमी आएको महसुस भएमा समयमै परीक्षण तथा उपचार गराउनुपर्छ ।