काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक(आईजीपी) बसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न (फुली) प्रदान गरिएको छ ।
आइतवार सिंहदरबारस्थित गृह मन्त्रालयमा एक कार्यक्रम आयोजित गरी उनललाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरिएको हो । उनलाई गृहसचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरे ।
नवनिर्वाचित प्रहरी महानिरीक्षक कुँवरलाई सरकारले गत शुक्रवार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।
तस्बिरहरु हेर्नुहोस्
प्रतिक्रिया