आइतबार, २८ पुस २०८१
ताजा लोकप्रिय

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

आइतबार, १२ चैत २०७९, ११ : ४८
आइतबार, १२ चैत २०७९

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट ७३.६८ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समिति बैठकले कूल चुक्ता पुँजीको ७३.६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । 

योसँगै कम्पनीको सेयरधनीहरुले ५० बोनस सेयर र कर प्रयोजनसहित २३.६८ प्रतिशत नगद लाभांश पाउने भएका छन् । जसका लागि कम्पनी कूल १८ करोड ७८ लाख ९४ हजार ७३६ रुपैयाँ ८४ पैसा खर्च गर्नेछ । 

यद्यपि, प्रस्तावित लाभांश भने नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएसँगै कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयर धनीहरुमा वितरण गरिनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप