‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण

काठमाडौँ । गितारिस्ट एवम् गायक सुनिल गुरुङको पुस्तक ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच वरिष्ठ सङ्गीतकार किशोर गुरुङ, लेखक सुनिल गुरुङ, ज्योति घिमिरे, एम शाही, गौरव शर्मा, ओम शाही, विक्रम थापालगायतले संयुक्त पुस्तकको लोकार्पण गरेका हुन् ।
पुस्तक गितार सिक्न चाहनेका लागि एकदमै उपयोगी रहेको वरिष्ठ सङ्गीतकार गुरुङे बताए । गितार सिक्न चाहनेका लागि यस्तो खालको पुस्तक पहिले नेपालमा नआएको उनको धारणा रहेको थियो ।
सुनिल गुरुङ पुरानो पुस्ताको गायक तथा गितारिस्ट हुन् । सन् १९८२ मा उनले स्ट्रिङ्गस ब्यान्ड खोलेका थिए । ब्यान्डमा उनीसँगै सुमन लामा, सुदेश देवान, निर्मल देवान, गौरव शर्मा र तिलक थापा मगर रहेका थिए । यो ब्याण्डले थुप्रै गीतसंगीत बजारमा ल्याएको छ ।
सुनिल अहिले काठमाडौँमा छन् । बेलायतमा बस्दै आएका उनले नेपाल आएको छोटो समयमा ब्यान्डका साथीसँग भेटघाट र पुस्तक प्रकाशन गरेको बताए । पुस्तक लोकार्पण समारोहमा गीत–सङ्गीतका व्यक्तित्वको अलावा सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भावी बजेट : कृषि कटौतीको अर्थ के ?
-
बोलेर नभइ कामले नतिजा देखाउनुपर्छ : उपप्रधानमन्त्री सिंह
-
'सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्छ'
-
भारत भर्सेस पाकिस्तान : कसको सेना कति बलियो छ?
-
गभर्नर नियुक्तिमा ६५ वर्षे उमेरहद नहटाउन सर्वोच्चको अन्तरिम आदेश
-
ओलीलाई भेटेपछि एकीकृत समाजवादीका नेताहरूले भने– छलफल अत्यन्त सौहार्दपूर्ण भयो