तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट बरामद
काठमाडौँ । नेपाल प्रहरीले पछिल्लो तीन महिनामा रु १० लाखभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले मङ्सिर, पुस र माघ महिनामा उक्त परिमाणमा नक्कली नोट बरामद गरिएको जानकारी दिए ।
“प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार मङ्सिरपछि नेपाली नक्कली नोट कारोबारमा संलग्न २२ जना पक्राउ परेका छन् । गत मङ्सिरमा तीन जना पक्राउ परेका थिए । उनीहरुको साथबाट प्रहरीले रु एक हजार दरका रु २६ हजार र रु पाँच सय दरको रु चार हजार पाँच नक्कली नोट बरामद गरेको जनाएको छ ।
साथै पुसमा १७ पक्राउ परेका र उनीहरुको साथबाट रु एक हजार दरको रु पाँच लाख ३६ हजार बरामद गरिएको थियो । पुसमा पाँच सय, सय र ५० दरका पनि नक्कली नोट भेटिएको प्रहरीले जनाएको छ । माघमा रु एक हजार दरको रु चार लाख ४४ हजार नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौँको कालोपुलबाट यही चैत १ गते नक्कली नोट कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले रु छ लाख ३६ हजार नक्कली नोट बरामद गरेको जनाएको छ ।
पक्राउ पर्नेमा रामेछापको खाँडोदवी गाउँपालिका–८ घर भएर काठमाडौँ बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखाको भिमेश्वर नगरपालिका–७ घर भएर सतुङ्गल बस्ने २४ वर्षीय सुरेन्द्र कार्की रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रतिनिधिसभामा प्रस्तुत
-
दुर्गा प्रसाईँजस्ता व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन् : मन्त्री गुरुङ
-
सुशासन प्रवर्धनसम्बन्धी विधेयकमा दिएका ६ सांसदका विरोधका सूचना अस्वीकृत
-
गलत रकम लेखिएकै आधारमा चेक अनादरको मुद्दा दर्ता हुँदैन : उपाध्यक्ष श्रेष्ठ
-
अन्तर–व्यवस्थापिका मञ्चको घोषणापत्र : तीनवटै सभाको परस्पर सम्बन्ध विकासमा प्रतिबद्धता
-
‘नेवार समुदायको चिहान कांग्रेस नेताले हडपे’