प्रधानमन्त्रीले गठबन्धन बैठकमा भागबन्डाको प्रस्ताव पेस गर्ने
_8kwNr1a0UL.jpg)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ढिलोमा पर्सीसम्म मन्त्रिपरिषद् विस्तार हुने पार्टी बैठकमा ब्रिफिङ गरेका छन् । शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सो विषयको जानकारी दिएका हुन् ।
बैठकबारे जानकारी दिँदै पार्टी सचिव देवेन्द्र पौडेलले भने, ‘मन्त्रिपरिषद् विस्तार कुनै विषयमा अल्झेको होइन । गठबन्धनका शीर्ष नेताहरूले सबै पक्षहरूसँग अलग–अलग छलफल गरेर प्रस्ताव बनाउनु भन्नुभएको थियो । त्यही अनुसार आजसम्म सबै पक्षहरूसँग प्रधानमन्त्रीले छलफल गर्नुभएको छ ।’
पौडेलले भोलिसम्म प्रधानमन्त्रीले गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे प्रस्ताव पेस गर्ने बताए । ‘नमिल्ने कुरा केही छैन । होमवर्क नपुगेर मात्र हो,’ उनले भने ।
त्यस्तै पार्टीका सचिव लीलामणि पोखरेलले पनि आजको बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपति चुनावदेखि अहिलेसम्मको राजनीतिक परिस्थितिको बारेमा ब्रिफिङ गर्ने काम भएको बताए । प्रचण्डले गठबन्धनमा रहेका सबै दललाई विश्वासमा लिएर बढ्नुपर्नेमा जोड दिएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले रुस र युक्रेन दुबैलाई भने ‘तिमी मूर्ख हौ, तिमी डरलाग्दो छौ’
-
शनिबार कति छ अमेरिकी डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
सडक पिच हुन थालेपछि किसानलाई कृषि उत्पादन बजारसम्म लैजान सहज
-
१४ ओभरको खेलमा पञ्जाबले मार्यो वाजी, ५ विकेटले हार्यो बैंग्लुरु
-
सबै वडामा आफ्नै भवन बनाउने अभियानमा नेपालगञ्ज उपमहानगरपालिका
-
ला लिगा फुटबलमा इस्पानियोल विजयी