माओवादी पदाधिकारी बैठक : चैत्र १३ गतेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सुझाव

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा नेताहरुले चैत्र १३ गते (सोमबार) सम्ममा मन्त्रिपरिषदलाई पूर्णता दिन सुझाव दिएका छन् । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा शनिबार अपरान्ह बसेको पदाधिकारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई माओवादी नेताहरुले सोमबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सुझाव दिएका हुन् । पार्टी पदाधिकारी बैठकले पर्सिसम्ममा मन्त्रिपरिषदलाई विस्तार गरी डेलिभरीका कामहरुलाई तीव्रता दिने निर्णयसहित सुझाव दिइएको पार्टीसचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
बैठकमा संसदलाई गतिशील र प्रभावकारी ढंगले अघि बढाउने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल गर्ने विषयमा छलफल गरिएको थियो । त्यसैगरी संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउनुपर्नेमा नेताहरुले जोड दिएको सचिव पौडेलले बताए । उनले भने, ‘एउटा संसदलाई सुचारु गर्ने बारेमा कसरी जाने र विभिन्न गठबन्धनमा रहेका पार्टीहरुसँग छलफल गरेर संसदलाई प्रभावकारी, गतिशील ऐन, कानुनहरु पनि बनाउनेलगायतका विषयमा समीक्षात्मक छलफल भयो । दोस्रो, क्याविनेटको विस्तार बढीमा पर्सिसम्ममा छिटोभन्दा छिटो क्याविनेट विस्तार गरेर डेलिभरीका कामहरु सुरुवात गर्ने भन्ने बारेमा छलफल भयो । तेस्रोचाहीँ सरकार र पार्टीलाई कसरी जोडने भन्ने बारेमा पनि कुरा भयो ।’
गठबन्धनलाई साथमा लिएर जनताले उठाएको जनसरोकारका विषयहरु पार्टीसँग जोडेर पार्टी र सरकारलाई सँगै लिएर जाने विषयमा पनि बैठकमा छलफल भएको उनले बताए । पौडेलले भने, ‘ बैठकमा प्रदेशका सरकारहरु पनि संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउने गरी अघि बढने यिनै बारेमा संक्षिप्त कुराकानी भएको छ ।’
बैठकमा नेताहरुले पार्टी र सरकारका कामकारबाहीलाई जोडेर अघि बढाउने विषयमा पनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संविधान भन्दा शिक्षा ऐन जारी गर्न समस्या’
-
मुम्बई पुलिसका डीसीपीको कार दुर्घटनामा मृत्यु
-
भाषामा भूमण्डलीकरणको प्रभाव
-
तीनकुने घटनामा पक्राउ पर्नेको संख्या १११ जना पुग्यो
-
तीनकुने घटनामा घाइते ७१ जना सुरक्षाकर्मी डिस्चार्ज
-
राप्रपा नेपालका अध्यक्ष थापाले भेटे पक्राउ परेका राप्रपा नेता, भने स्वास्थ्यको ख्याल राख्नु