यस्तो देखियो वीरगञ्जको होली (फोटो)
शुक्रबार, १८ फागुन २०७४, १४ : ११
पर्सा। तराई तथा मधेस क्षेत्रमा आज हर्षोलसका साथ फागु पूर्णिमा अर्थात् होली मनाइँदैछ । बिहीबार देशका पहाडी जिल्लामा होली पर्व मनाइएको थियो ।
तराई तथा मधेस क्षेत्रमा पूर्णिमाको भोलिपल्ट रङहरुको पर्व होली मनाउने प्रचलन छ ।
राजधानी काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका मानिसहरुले पनि एकआपसमा रङ र अबिर लगाएर होली पर्व मनाउँदैछन् । परम्परागत रूपमा विभिन्न रङ खेली होली मनाउने चलन छ ।
आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग पुर्याउने पर्वको रुपमा होलीलाई लिइन्छ । यस अवसरमा विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रम गरेर रमाइलो गरिन्छ ।
यसैबीच वीरगञ्जमा पनि धुमधाम साथ होली मनाइएको छ ।
हेर्नुहोस् केही तस्विर :