आर्थिक सङ्कट सामना गरिरहेको पाकिस्तानलाई चीनको २ अर्ब डलर सहयोग
शनिबार, ११ चैत २०७९, १२ : ४४
पाकिस्तान । चीनले आर्थिक सङ्कटको सामना गरिरहेको पाकिस्तानलाई २ अर्ब डलर सहयोग गरेको छ ।
चरम मूल्य वृद्धिसँगै वैदेशिक मुद्रा संचिति घटेपछि पाकिस्तानमा आर्थिक सङ्कट गहिरिँदै गएको छ । चीनले पाकिस्तानको सङ्कट समाधान गर्नका लागि १ वर्षका लागि २ अर्ब डलर सहयोग गरेको हो ।
टाईम्स अफ इन्डियाका अनुसार ऋण नभनिएको सोही रकम पाकिस्तानको केन्द्रीय बैकमा जम्मा गरिएको र सो सहयोगले पाकिस्तानको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ ।
यसै गरी, पाकिस्तानको अर्थतन्त्र उकास्नका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले समेत सहयोग गर्ने तयारी गरे पनि राजनीतिक अस्थिरताका कारण रोकिन पुगेको छ ।
अर्थतन्त्र सङ्कटबाट गुज्रिरहेको पाकिस्तानमा राजनीतिक अस्थिरता समेत उत्पन्न भएपछि आईएमएफको ऋण आउन ढिलाइ भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँदरको बन्ध्याकरणका लागि ऐन, कानुन बनाउन विज्ञको सुझाव
-
सरकारी खर्च मितव्ययी बनाउन सरकारले जारी गर्यो नयाँ मापदण्ड
-
सुनचाँदी पसलमा लुटपाटको योजना बनाएको आरोपमा चार जना पक्राउ
-
हातमा हतकडी र खुट्टामा सिक्री, यसरी गरिएको थियो अमेरिकाबाट भारतीयहरूलाई निर्वासित
-
गण्डकी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
-
राइस कुकर बनाउने बहानामा ‘हनी ट्रयाप’, युवती पक्राउ