चलचित्र निर्देशनमा कवि उपेन्द्र सुब्बा

काठमाडौँ । नेपाली चलचित्रको इतिहासमा घरेलु ‘बक्सअफिस’मा राम्रो कमाई गर्ने ‘कबड्डी’ शृङ्खलाका लेखक उपेन्द्र सुब्बा निर्देशक बनेका छन् । यहाँ आयोजित पत्रकार सम्मेलनमा कविसमेत रहेका सुब्बाले आफू निर्देशित चलचित्र ‘जारी’ को ‘ट्रेलर’ सार्वजनिक गर्दै योजनागत रूपमा निर्देशक नबनेको बताए ।
“म राम्रो निर्देशक बन्छु भन्ने सोचले आएको होइन । राम्रो र फरक कथा भन्छु भन्ने योजनाअनुरूप आएको हुँ”, निर्देशक सुब्बाले भने, “ नयाँ पुस्तासम्म यो कथा ल्याउनुपर्छ भनेर चलचित्र नै तयार गरेको हुँ ।” उनले लिम्बू समुदायमा रहेको जारी प्रथाको कथावस्तुमार्फत वैवाहिक सम्बन्ध, महिला स्वतन्त्रता र दाम्पत्य जीवनको आयामलाई चित्रण गर्ने चलचित्रमा एकअर्कालाई बुझेर अगाडि बढ्नुपर्ने सन्देश रहेको जानकारी दिए ।
अभिनेता दयाहाङ राईले मन परेको कथामा भूमिका निर्वाह गरेको जनाकारी दिए । “यसले श्रीमान्सँगै श्रीमतीको स्वतन्त्रतालाई समेटेको छ । जीवनसाथी छनोट गर्ने महिलाको अधिकारलाई पनि हामीले यहाँ देखाएका छौँ”, अभिनेता राईले भने । सोही मितिमा आफू अभिनित अर्को चलचित्र ‘बिहे पास’ समेत प्रदर्शन हुनुलाई उनले सहजरूपमै लिन आग्रह गरे । “सायद कोरोनापछि तयार भएका चलचित्रलाई दर्शकसम्म पुर्याउन सबैले राम्रो समय हेर्नुभएको हुन्सक्छ । म यहीँ समयमा छायाङ्कनमा समेत हुन्छु । यद्यपि यो सब प्रक्रिया नै हो”, उनले भने ।
अभिनेत्री मिरुना मगरले आफ्नी आमा लिम्बू भएकाले लिम्बू समुदायप्रति लगाव रहेको बताइन् । “मैले सानैदेखि देख्दै आएको कुराहरू नै चलचित्रमा गरेँ । यद्यपि यसलाई कुनै एकभन्दा पनि सबैले महसुस गर्नुहुनेछ । किनकि यो हाम्रै समाजको कथा हो”, अभिनेत्री मगरले भनिन् । चलचित्रलाई ‘कबड्डी ४’ का निर्देशक रामबाबु गुरुङले निर्माण गरेकी छन् । उनले राम्रो कथालाई दर्शकसम्म पुर्याउन आफू र आफ्नो टिमले निर्माणममा सहकार्य गरिरहेको बताइन्। चलचित्र ‘जारी’ आउँदो वैशाख १ मा प्रदर्शन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरणको संरक्षण गर्न नीति तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यकः उपराष्ट्रपति
-
‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी विधेयक २०८१’ परिमार्जन गर्ने सहमति
-
कहाँ पुग्यो रेशम चौधरी र सीके राउतको मिलन ?
-
सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक छ : प्रचण्ड
-
बाढी पहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत तीव्र
-
अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा विराट कोहलीको आँखा यी तीन कीर्तिमानमा