दुई ट्रक एकापसमा ठोकिँदा तीन जनाको मृत्यु
शनिबार, ११ चैत २०७९, ११ : १२

जनकपुरधाम । धनुषामा दुई ट्रक एकापसमा ठोकिएको छ । शनिबार बिहान मिथिला नगरपालिका ३ हरिहरपुरमा ट्रक ठोकिँदा तीन जनाको घटनस्थलमै मृत्यु भएको हो।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १- ०१–००१ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोकिएर तीन जनाको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।
उनका अनुसार सुनसरीका २८ वर्षिय चालक सागर चौधरी, सह चालक अर्जुन चौधरी र मोरङका ४४ वर्षिय लोकमान श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । सर्लाहीका २० वर्षिय नारायण श्रेष्ठ घाइते भएका छन्। उनको उपचार ढल्केवर अस्पतालमा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटको दुई स्थानमा आगलागी, झन्डै २ करोडको क्षति
-
नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो
-
केसरी- २ को पहिलो दिनको कमाइले अक्षयलाई राहत
-
शीर्ष स्थानमा रहेको दिल्लीलाई गुजरातको चुनौती
-
बद्रीनाथनजिकै आफ्नो नाममा मन्दिर रहेको उर्वशीको दाबीपछि हंगामा
-
विवादपछि ‘जाट’ बाट विवादास्पद दृश्य हटाइयो, निर्माताहरूले मागे माफी