कविता
मनको दर्द
शनिबार, ११ चैत २०७९, ०९ : २१

कति ओठले मनको दर्द
हाँसी दिएर सहनु पर्छ
कसैले माया गरी दिए पो
वेदना बोल्दै आँसु झर्छ
सबै भन्छन् दिलको बह
भने पछि हल्का हुन्छ
भन्न सकिन्न कति कुरा
मनले भन्छ मनैले सुन्छ
कति घटना नसम्झे भो
सम्झे हृदय साह्रै पोल्छ
बिर्सूँ भनी भुल्न खोजे
झन् झन् यादहरू बोल्छ
मोडहरू यहाँ धेरै हुन्छन्
कोही कतै मोडिन सक्छ
माया गर्दा गर्दै मान्छे
कुनै मोडमा छोडिन सक्छ
कुराले ठिक्क सबै पार्छन्
आफ्नो दुःख आफै सँग
देख्न नसकिने रहेछ माया
पैसा भनेपछि सबै दङ्ग
कति ओठले मनको दर्द
हाँसी दिएर सहनु पर्छ
कसैले माया गरी दिए पो
वेदना बोल्दै आँसु झर्छ ।
हालः लस एन्जेलस