एक नम्बर प्रदेशबारे एमाले–माओवादी सम्बद्ध मोर्चाहरुले गरे यस्तो निर्णय
काठमाडौं– एमाले र माओवादी केन्द्र सम्बद्ध मोर्चाहरुको संयुक्त बैठकले एक नम्बर प्रदेशलाई किराँत नामाकरण गर्न संयुक्त पहल गर्ने निर्णय गरेका छन् । एमाले सम्बद्ध जातीय संगठन नेपाल लोकतान्त्रिक किराँत राई संघ र माओवादी केन्द्र निकट किराँती राष्ट्रिय मुक्ति मोर्चाको शुक्रबार बसेको संयुक्त बैठकले एक नम्बर प्रदेशको नाम किराँत राख्न पहल गर्ने निर्णय भएको मोर्चाका केन्द्रीय अध्यक्ष राजन किराँतीले बताए ।
दुई पार्टी एकताको मूल दस्तावेजमा पहिचानको एजेण्डा समावेस गर्न दबाब दिने, एक नम्बर प्रदेशलाई किराँत नाम राख्नको लागि प्रधानमन्त्री केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता लगायतका पार्टीहरुलाई ज्ञापन पत्र दिने निर्णय भएको नेपाल लोकतान्त्रिक किराँत राई संघका अध्यक्ष दिवस राईले बताए ।
बैठकमा लोकतान्त्रिक राई संघका उपाध्यक्ष सर्वधन राई, देवान राई महासचिव जीवन राई, किराँती मोर्चाको तर्फबाट उपाध्यक्ष प्रकाश वान्तावा, राकेश किराँती, आशा कुलुङ, महासचिव अर्जुन किराँती लगायतको उपस्थिति रहेको थियो ।
बैठकले प्रदेशको नाम किराँत बनाउन चाहने विभिन्न संगठनहरूसँग छलफल गर्ने, प्रदेशमा स्थापित बिज्ञहरु, लेखक,विश्लेषकहरूसँग छलफल गर्ने लगायतको निर्णयहरु भएको लोकतान्त्रिक किराँत राई संघका महासचिव जीवन राईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी