थ्रि नेसन्स कपमा आज भुटान र लाओस भिड्दै
शनिबार, ११ चैत २०७९, ०७ : १०

काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा आज भुटान र लाओसबीच प्रतिस्पर्धा हुनेछ । गत चैत ८ गतेदेखि सुरु भएको थ्री नेसन्स कपको दोस्रो खेलमा भुटान र लाओसबीच खेल हुन लागेको हो ।
नेपालले लाओसलाई २–० ले पराजित गर्दै उद्घाटन खेलमा विजय हासिल गरिसकेको थियो भने दोस्रो खेल नेपालले चैत १४ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते भिडेनछन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउनेछ भने उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर तथा म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीको सहिद नारायण पोखरेल क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
-
गलकोट बहुमुखी क्याम्पसमा क्रान्तिकारीका साहानी निर्वाचित
-
महाराजगन्ज नर्सिङ क्याम्पसमा नेविसंघकी पोखरेल निर्वाचित, एक मतले हारेपछि अनेरास्ववियुको विरोध
-
‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन
-
एएनए सम्मेलन क्यानडाको क्यालगरीमा हुने
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची