मिटर ब्याजीको बन्यो दरबार, पीडितको बिग्रियो घरबार
काठमाडौँ । सिरहा लहानका श्याम विश्वकर्माले स्थानीय रामबाबु महतोसँग २०७१ सालमा पाँच लाख रुपैयाँ मासिक तीन प्रतिशत ब्याज (मिटर ब्याज)दरमा ऋण लिएका थिए ।
विश्वकर्माले २०७४ सालसम्म २६ लाख रुपैयाँ बुझाइसकेका छन् । तैपनि रामबाबुले अदालतमा कागज लगाएर विश्वकर्माको जग्गा जमिन लिलाम गराई दिएका छन् । अझैसम्म थप रकम माग गरिरहेका छन् ।
सिरहा औरही गाउँपालिका इटाटारका रामबाबु पासवानले सिरहा नगरपालिका सन्हैठाका रामअवतार यादवसँग केही वर्षअघि दुई लाख रुपैयाँ मिटर ब्याजमा ऋण लिएका थिए । हालसम्म १८ लाख रुपैयाँ तिरिसकेका छन् । तर यादवले तमसुक कागज फिर्ता नदिएर अदालतमा मुद्दा चलाई दिए । अदालतले घर घडेरी लिलाम गर्यो । उनी भाडाको घरमा बस्न बाध्य रामबाबु अहिले घरबारविहीन भएका छन् ।
पैसा नतिरेमा १३ वर्षको छोरीलाई अपहरण गरेर बलात्कार गर्न लगाई दिने धम्की दिएपछि ममताले छोरीलाई स्कुलबाट पनि निकालिसकेकी छिन् । उनले पाँच महिना यता छोरीलाई स्कुल पठाउन सकेकी छैनन् ।
पाँच महिनामै १ लाखको नौ लाख चुक्ता: ऋण सकिएन
सप्तरीकी ललिता साह कोरोनाको समयमा स्थानीय मनोजसँग एक लाख रुपैयाँ मिटर ब्याजमा ऋण लिएकी थिइन् । पाँच महिनाभित्र नौ लाख रुपैयाँ दिइसकेकी छिन् । तर मनोजले थप रुपैयाँ माग गरिरहेका छन् ।
घरमै गएर ललितासँग चार–पाँचवटा अन्य कागज पनि उनले बनाएका छन् । ललिताका श्रीमान् २० वर्षदेखि विदेशमा छन् । यत्रो पैसा के गरिस् भनेर श्रीमान्ले हकारे । अहिले दुवैको सम्बन्ध विच्छेदझैँ भएको छ । श्रीमान् अझै विदेशमै छन् तर ललितालाई पैसा पठाउँदैनन् । तर मनोजले जसरी पनि पैसा चाहिन्छ भनेर दिनहुँ धम्की दिइरहेका छन् ।
.....
सिरहाकी भोलाकुमारी चौधरीले सुखीपुर नगरपालिकाका मेयर रामअवतार यादवका बुवा मंगल यादव (हाल निधन)सँग तीन लाख रुपैयाँ मिटर ब्याजमा लिएकी थिइन् । त्यो रकम लिएको चार वर्ष नपुग्दै मंगल यादवले ७५ लाख रुपैयाँ माग्न थाले । त्यो रकम दिन नसकेपछि मंगलले भोलाकुमारीको ११ कट्ठा १० धुर जमिन आफ्नो नामबाट पास गराए । त्यही जमिन बेचेर मंगल यादवका छोरा रामअवतार यादव मेयरमा विजयी भए ।
बलात्कारको धम्की
सिरहाकी ममता रायले त्यहीकी सुजाता साहबाट दुई लाख रुपैयाँ मिटर ब्याजमा ऋण लिएकी थिइन् । ममताले सुजातालाई पटक पटक गरी ३५ लाख रुपैयाँ तिरिसकेकी छिन् । तैपनि सुजाताले ममतासँग पैसा मागिरहेकी छिन् ।
ऋण नसकिँदा श्रीमान्, श्रीमतीबीच सम्बन्ध बिग्रिसकेको छ । विदेशमा रहेका श्रीमान्ले पैसा पठाउन बन्द गरिसकेका छन् । ममताको नाममा मिर्चैयामा रहेको १० धुर जग्गा पनि सुजाताले आफ्नो नाममा पास गराएर अर्कैलाई बेचिसकेकी छिन् ।
पैसा तिर्न नसकेपछि रामुले विन्दुको जमिन पनि आफ्नो नाममा लिए । पछि रामुले पैसा लिनुस् र जमिन फिर्ता गर्नुस् भन्दा पनि दिइरहेका छैनन् ।
सहकारीमा पुरानो लालपुर्जा राखेर सुजाताले रकम लिएकी छिन् । त्यसको किस्ता पनि ममता र उनका आमालाई तिर्न लगाइरहेकी छिन् । पैसा नतिरेमा १३ वर्षको छोरीलाई अपहरण गरेर बलात्कार गर्न लगाई दिने धम्की दिएपछि ममताले छोरीलाई स्कुलबाट पनि निकालिसकेकी छिन् । उनले पाँच महिना यता छोरीलाई स्कुल पठाउन सकेकी छैनन् ।
९० हजार ऋण लिँदा दुई करोडको घडेरी कब्जामा
सिरहा लहानका विन्दु साहले १७ वर्षअघि त्यहीका रामु साहसँग ९० हजार रुपैयाँ ब्याजमा लिएका थिए । केही दिनमै त्यो ९० हजार रुपैयाँ रामु साहलाई फिर्ता गरिदिएर विन्दु साह विदेश गए । विदेशबाट फर्केपछि रामुले थप पैसा माग्न थाले ।
पैसा तिर्न नसकेपछि रामुले विन्दुको जमिन पनि आफ्नो नाममा लिए । पछि रामुले पैसा लिनुस् र जमिन फिर्ता गर्नुस् भन्दा पनि दिइरहेका छैनन् । विन्दुले चुक्ता भैसकेको ऋण पटक पटक थप पैसा तिर्न जाँदा समेत त्यो जमिन फिर्ता पाउन सकेका छैनन् । जबकि लहान बजारमै रहेको पाँच कट्ठा ८ धुर जग्गाको दुई करोड भन्दा बढी मूल्य पर्छ ।
न्याय नपाए नफर्किने
मिटरब्याजी पीडितका यी केही प्रतिनिधि उदाहरण मात्र हुन् । श्याम विश्वकर्मा, रामबाबु पासवान, ललिता साह, भोली कुमारी चौधरी, ममता राय, विन्दु साह जस्ता थुप्रै मिटर ब्याजीबाट पीडित भएका छन् ।
ती पीडितमध्ये ७० जना आन्दोलनका लागि हिँडेर काठमाडौँ आइरहेका छन् । चैत २ गते महोत्तरीको बर्दिवासबाट हिँडेका उनीहरू आज भीमफेदीमा आइसकेका छन् ।
दुई लाख रुपैयाँ ब्याजमा लिएकोमा ३५ लाख भन्दा बढी रकम तिर्दा पनि मिटरब्याजीले जग्गा कब्जामा लिएको पीडा पोख्दै ममता राय भन्छिन्, ‘काठमाडौँले न्याय नदिएसम्म हामी फर्किँदैनौँ, बरु यही काठमाडौँमै मर्छौँ ।’
अर्की पीडित सुजाताले जति दिँदा पनि नसकिने, त्यो ऋणका कारण घर परिवार पनि बिग्रिसकेकेको बताउँदै भन्छिन्, राज्यले न्याय दिलाएन भने मर्नुबाहेक अरू कुनै उपाय नै छैन ।
आन्दोलनको नेतृत्व गर्दै काठमाडौँ आइरहेका मनोज पासवानले भने, ‘यसपालिको आन्दोलन वार पारको आन्दोलन हो । पुरै तयारीका साथ काठमाडौँ पुगिरहेका छौँ ।’ उनले राज्यले न्याय नदिएसम्म कोही पनि नफर्किने कसम खाएर काठमाडौँ आइरहेको बताए ।
न्याय माग्न हिँडेकाहरू तराई मधेसको समथल बाटोमा दैनिक २० देखि २५ किलोमिटर हिँड्थे । अहिले पहाडमा दैनिक १५ किलोमिटर मात्र हिँड्न सकेका छन् ।
मनोज पासवानले भने, ‘निरन्तरको हिँडाइले सबै गलिसकेका छन् तर हिम्मत हारेका छैनन् । धेरैको पैतालामा घाउ आएको छ । कतिपयलाई ज्वरो आएको छ, तैपनि सिटामोल खाएर आफ्नो यात्रा जारी राखेका छन् ।’
बाटोमा आफै पकाएर आफै खान्छन् उनीहरू । एउटा गाडी छ । त्यो गाडीमा खाना पकाउने समान राखेका छन् । जहाँ रात पर्छ, त्यही बास हुन्छ, त्यही सबैजना मिलेर खाना पकाउँछन् र खान्छन् ।
‘साहु महाजनले दिएको पीडाभन्दा यो हिँडाइको पीडा केही होइन,’ रामबाबु पासवानले भने, ‘बरु बाटैमा मर्न पाए हुन्थ्यो तर साहु महाजनको पीडा सुन्न निकै गाह्रो छ ।’
ममता रायले त अब कहिल्यै पनि गृह जिल्ला सिरहा फर्किन नपरोस् जस्तो लाग्ने गरेको बताइन् । ‘प्रहरीमा उजुरी गर्दा पनि सुनिँदैन, सिडियोमा उजुरी गर्दा पनि सुनिँदैन । जहाँ पनि साहु महाजनको मात्र कुरा सुन्छन् । साहुले दिएको वचन सम्झेर रातभर सुत्दैनौँ, कहाँ पो लुकेर बसौँ जस्तो लाग्छ,’ उनले भनिन्, ‘फलानाले नम्बर दिएको भन्दै राती राती केटाहरू फोन गरेर हैरान पार्छन् । यस्ता फोहरी कुरा गर्छन् कि लाग्छ, त्यहीबेला आत्महत्या गरौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा
-
बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय
-
विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस समिति गठन
-
एघार एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
-
बीआरआई ऋणमा स्विकार्न सकिँदैन : प्रधानमन्त्री
-
श्रीलंकाका लागि राजदूत सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय