एम्बाप्पेको दुई गोलमा फ्रान्सको शानदार जीत

पेरिस । किलियान एम्बाप्पेले फ्रान्सको कप्तानको रुपमा सुखद् सुरुवात गरेका छन् । शुक्रबार राति भएको युरो २०२४ छनोट खेलमा एम्बाप्पेको दुईको गोलको मद्दतले फ्रान्सले नेदरल्याण्डमाथि ४–० को शानदार जीत हासिल गरेको हो ।
एन्टोनी ग्रिजमानले खेलको दोस्रो मिनेटमा नै फ्रान्सलाई अग्रता दिलाएका थिए । छ मिनेटपछि डिफेन्डर डायोट उपामेकानोले टोलीको अग्रता दोब्बर बनाए । २१ औँ मिनेटमा एम्बाप्पेले फ्रान्सका लागि व्यक्तिगत ३७ औँ गोल गर्दै अग्रता फराकिलो बनाए ।
दोस्रो हाफमा एम्बाप्पेले अर्को गोल थप्दै जीत सुनिश्चित गरे । खेलको अन्त्यतिर नेदरल्याण्डका मेम्फिस डिपायले पेनाल्टीबाट सान्तवना गोल गर्ने अवसर गुमाएका थिए ।
एम्बाप्पेलाई कप्तान बनाएकोमा ग्रिजमान असन्तुष्ट रहेको रिपोर्टहरू सार्वजनिक भए पनि शुक्रबारको खेलमा दुईबीच कुनै टकराब देखिएन । ग्रिजमानले एम्बाप्पेकै पासमा पहिलो गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन तहले छरिएर काम गर्दा नतिजा निस्कन गाह्रो भयो, स्वास्थ्य समस्या समाधानमा मिलेर काम गरौँ : स्वास्थ्य मन्त्री
-
वार्ताका लागि शिक्षकहरूको पर्खाइमा शिक्षामन्त्री
-
रुपन्देहीको बेथरी मर्चवर सडक निर्माण अन्तिम चरणमा
-
भेरी अस्पतालको ओपिडी सेवा सञ्चालनमा
-
क्रियाशील सदस्यता नवीकरण गर्न कांग्रेसले दियो वैशाख मसान्तसम्मको समय
-
शाखा अधिकृत भट्टराईविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन