जनसङ्ख्याको असमान भौगोलिक वितरण, बढ्दो जनघनत्व

पछिल्ला जनगणनाहरूले भौगोलिक हिसाबले जनसाङ्ख्यिक वितरण असमान बन्दै गएको देखाएका छन् । तराईको जनसङ्ख्या लगातार बढ्दो र पहाडी तथा हिमाली क्षेत्रको जनसङ्ख्या लगातार घट्दो देखिएको छ । २०७८ सालको जनगणनाअनुसार हाल तराईमा कुल जनसङ्ख्याको ५३.६१, पहाडमा ४०.३१ र हिमाली क्षेत्रमा ६.०८ प्रतिशतले बसोबास गर्ने देखिएको छ ।
जनगणनाअनुसार नेपालको प्रतिवर्ग किलोमिटर क्षेत्रफलमा १९८ जना बसोबास गर्छन् । २०६८ सालमा यो सङ्ख्या १८० मात्र थियो । भौगोलिक क्षेत्रअनुसार हेर्दा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ । सबैभन्दा धेरै जनघनत्व काठमाडौँ जिल्लामा (५ हजार १६९ जना प्रतिवर्ग किलोमिटर) र सबैभन्दा कम मनाङ जिल्लामा (३ जना प्रतिवर्ग किलोमिटर) रहेको छ ।
जनगणनाअनुसार देशका ७७ जिल्लामध्ये सबैभन्दा बढी जनसङ्ख्या काठमाडौँ जिल्लामा रहेको छ । काठमाडौँमा २० लाख ४१ हजार ५८७ जना र सबैभन्दा कम जनसङ्ख्या मनाङमा ५ हजार ६५८ जनाको बसोबास छ । मोरङ, रुपन्देही, झापा र सुनसरी क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ धेरै जनसङ्ख्या भएका जिल्ला हुन् । कम जनसङ्ख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा पर्छन् ।
प्रदेशगत रूपमा सबैभन्दा धेरै जनसङ्ख्या वाग्मतीमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णालीमा ५.७९ प्रतिशत छ । यसै गरी मधेसमा दोस्रो ठुलो जनसङ्ख्या रहेको छ । २०७८ सालमा जनसङ्ख्या आकारको हिसाबले तेस्रो, चौथो, पाँचौँ र छैटौं प्रदेशमा क्रमशः कोसी, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्रले सच्याए प्रजातन्त्र दिवसको अभिव्यक्ति [भिडियो]
-
शिक्षकहरूको पार्टी सदस्यता जलाउने कार्यक्रम गरिदै
-
सरकारले जफत गर्यो वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको जग्गा, सेयर र नगद (सूचीसहित)
-
विशेषले सफाइ दिएको नापी र राष्ट्रिय निकुञ्जको दुई मुद्दामा सर्वोच्च पुग्यो अख्तियार
-
म्यानमारमा भूकम्पका घाइतेकाे उपचार गरी फर्किएको टोलीलाई जंगी अड्डामा सम्मान
-
मोटर चलाउँदा र मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु