प्रहरी सेवालाई अझै चुस्त बनाउँछु : नवनियुक्त प्रहरी महानिरीक्षक
काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा अघि सारेका कामलाई निरन्तरता दिँदै सेवालाई अझै प्रभावकारी र चुस्त बनाउने प्रतिबद्धता जनाएका छन् ।
प्रहरी प्रधान कार्यलयमा आज अवकाशमा जान लागेका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहितका प्रहरी अधिकारीलाई बिदाइ गर्दै उनले अग्रजहरुले गरेको मार्ग–निर्देशन अक्षरश पालना गर्ने र अधुरा रहेका योजनालाई आफूले पूरा गर्ने विश्वास दिलाए ।
उनले प्रहरी महानिरीक्षक सिंहलगायतको उच्च अधिकृतले प्रहरी सेवामा अनवरत नेतृत्वमा रहेर पु¥याएको सेवाप्रति अभार व्यक्त गरे । उनले अवकाश हुन लाग्नुभएका महानिरीक्षक सिंहको आगामी जीवनको सफलताको शुभकामना दिए ।
अवकाशमा जान लागेका प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यकालमा सबै निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन गर्न सफल भएको र उक्त कार्यका लागि प्रहरी कर्मचारीबाट प्राप्त साथ र सहयोगको खुलेर प्रशंसा गरे । उनले प्रहरी कर्मचारी पनि शान्ति मिसनमा जाने सन्दर्भका विषयलाई आफूले अघि बढाएकाले अबको नेतृत्वले त्यो पूरा गरेर रोकिएका कार्यलाई निरन्तरना दिने विश्वास व्यक्त गरे ।
उनले नवनियुक्त महानिरीक्षक कुँवरको कार्यकाल सफलताको शुभकामना दिए । सिंहसहित उनका ब्याची आज राति १२ बजेबाट अबकाशमा जाँदै छन् । नवनियुक्त महानिरीक्षक कुँवरले शनिबारदेखि कार्यभार सम्हाल्नेछन् ।
सिंहसँगै नौ प्रहरी अधिकृत अवकाशमा
हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहित उनका ब्याजी नौ जना प्रहरी अधिकृतहरु आजबाट अनिवार्य अवकाशमा जाँदै छन् । गत वैशाख १८ मा महानिरीक्षक पदमा पदोन्नति भएका सिंहले झण्डै एक वर्ष महानिरीक्षक भएर सेवा दिए । उनका ब्याचीहरु प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी अवकाशमा जाँदै छन् ।
आज राति १२ बजेदेखि उनीहरुको कार्यकाल सकिने भएकाले आजैको मन्त्रिपरिषद् बैठकले शनिबारदेखि लागू हुने गरी प्रहरी महानिरीक्षकमा एआइजी वसन्तबहादुर कुँवरलाई बढुवा गर्ने निर्णय गरिसकेको छ । उनीहरुसँगै तीन डिआइजी र दुई एसएसपीले पनि अनिवार्य अवकाश लिँदै छन् ।
प्रहरी प्रधान कार्यालयअनुसार प्रहरी नायब महानिरीक्षक (डीआइजी)हरु नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसएसपी)द्वय उमाशङ्कर पञ्जियार र जनकराज पाण्डे पनि आज राति १२ बजेदेखि लागू हुने गरी अनिवार्य अवकाशमा जाने प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
-
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबिच भगिनी सम्बन्ध
-
विराट कोहलीले छक्का प्रहार गर्दा सुरक्षाकर्मी घाइते, टाउकोमै बज्रियो बल
-
सरकारको निर्देशन कार्यान्वयनबारे नागरिकबाट खबरदारी गर्न मुख्यमन्त्री आचार्यको आग्रह
-
ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
-
नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय : सभामुख