शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

कर्णालीकी राज्यमन्त्री उर्मिला- जसले १०० बाख्रासहित गाई गोरु र भैँसी पालेकी छन्

शुक्रबार, १० चैत २०७९, १९ : ४७
शुक्रबार, १० चैत २०७९

सुर्खेत । कर्णाली प्रदेशकी भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत राज्यमन्त्री उर्मिला विश्वकर्मा ६ मन्त्रीमध्ये एउटा अपवाद हुन्, जसले भेडा बाख्रा, गाई गोरु र भैँसी पालन गरिरहेकी छन् । डोल्पाको त्रिपुरा सुन्दरी–३ की विश्वकर्माले १०० वटा बाख्रा २० वटा गाई गोरु र ५ वटा भैँसी पालन गरिरहेकी हुन् ।

अहिलेको समयमा मान्छेहरू पशुपालनबाट पलायन भइरहेको अवस्था छ । तर विश्वकर्माले भने यहीबाट नै लाखौँ आम्दानी गर्ने गरिरहेकी छन् । उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको सम्पत्ति विवरण अनुसार गाउँमा उनको उत्कर्ष बाख्रा फर्म छ । जहाँ १०० वटा बाख्रा १५ लाखमा खरिद गरेको उनले बताएकी छन् । बाँकी गाई गोरु र भैँसी भने उनका आफ्नै घरका पैतृक सम्पत्ति हुन् । 

पशुपालन क्षेत्रमा अन्य मन्त्री भने अग्रसर भएको देखिँदैनन् । समानुपातिक कोटाबाट सांसद बनेकी विश्वकर्मालाई मन्त्रिमण्डललाई समावेशी बनाउनका लागि राज्यमन्त्री नियुक्त गरिएको थियो । 

विश्वकर्माको सम्पत्ति विवरण अनुसार गाउँमै २ वटा घर छन् । एउटा घर १५ लाखमा खरिद गरिएको र एउटा पुरानो आफ्नै घर रहेको छ ।  अरू मन्त्रीको जस्तो सहर बजारतिर उनको जग्गा जमिन समेत नरहेको उल्लेख गरिएको छ ।

यस्तै चल सम्पत्तिमा उनीसँग १२ तोला सुन, १० तोला चाँदी र १० लाल हिरा छ । उनी व्यवसायबाट नै लाखौँ रकम आम्दानी गर्ने गरेकी छन् । व्यवसायबाट प्राप्त गरेको २० लाख बराबरको रकम उनको बैँकमा मौज्दात रहेको छ । उनी बाला त्रिपुरासुन्दरी सहकारी संस्थाकी उपाध्यक्ष समेत हुन् । उनको ५० हजार बराबरको लगानी सहकारीमा पनि रहेको छ। 

यस्तो छ उनको सम्पत्ति विवरण

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप