‘सरकार र राष्ट्र बैंकले व्यावसायिक गतिविधि चलायमान हुने नीतिगत व्यवस्था गरे अर्थतन्त्रमा सुधार हुन्छ’

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र राष्ट्र बैंकले व्यावसायिक गतिविधि चलायमान हुने नीतिगत व्यवस्था गरे अर्थतन्त्रमा सुधार आउने बताएका छन् ।
शुक्रवार नेकपा कम्युनिस्ट एकीकृत समाजवादी पार्टीको अर्थ विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले बिग्रँदो अर्थतन्त्रलाई सुधार गर्नको लागि सरकारले व्यवसायी गतिविधि चलायमान बनाउने नीतिगत टुल्सहरु प्रयोग गरी बजारमा तरलता सहज रूपमा उपलब्ध हुने वातावरण बनाउन आवश्यक रहेको उल्लेख गरे ।
उनले सरकारले व्यवसायीहरूले माग गरे अनुसार आवश्यक नीतिगत व्यवस्था गरे अर्थतन्त्र सुधार हुन धेरै समय नलाग्ने बताए । उनले सरकारले कोरोना महामारीपछि आयातमा प्रतिबन्ध लगायतमा गरिएको कडाइका कारण अर्थतन्त्रमा सङ्कुचन भएको दाबी गरे ।
‘सरकारले कोरोना महामारीपछि अर्थतन्त्रमा धेरै कडाइ गरौँ । मुलुक श्रीलङ्का वा अन्य देशको अवस्था जस्तो भन्छ भन्दै गरेको आयातमा गरेको प्रतिबन्ध र अर्थनीतिमा लिएको कडाइको कारण अर्थतन्त्रमा सङ्कुचन भएको हो भन्ने लाग्छ । पछिल्लो समय नेपालमा विदेशबाट आउने रेमिटेन्स बढेको छ’, उनले भने, ‘ मलाई लाग्छ अहिलेको अवस्थालाई नेपाल सरकार र नेपाल राष्ट्र बैंकले व्यावसायिक गतिविधि चलायमान बनाउने केही नीतिगत टुल्सहरु प्रयोग गरेर लगानी योग्य रकम तरलता सहज वातावरण बनाउनसके अर्थतन्त्रमा केही सुधार हुन्छ ।’
वरिष्ठ उपाध्यक्ष ढकालले सरकार र राष्ट्र बैंकले दिनसक्ने सहुलियत दिए ब्याजदर घट्नसक्ने बताए । उनले निक्षेपकर्तालाई बैंकले दिएको ब्याज बढी भए कम गरेर जान सक्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्प