ओलीलाई नेपालको प्रश्न : पार्टी एकताका लागि तयार हो ?

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्माओलीलाई पार्टी एकता गरेर नेकपा ब्युँत्याउन तयार हो ? भनेर प्रश्न गरेका छन् । शुक्रबार पार्टीका भूपू प्रहरी तथा सैनिक संगठनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । केही समयअघि राष्ट्रपतिको चर्चा चलिरहेको बेलामा पनि आफुले नेकपा ब्युँताउन प्रस्ताव गर्दा प्रचण्ड सहमत भएपनि अध्यक्ष ओली सहमत नभएको नेपालको भनाइ छ ।
अध्यक्ष नेपालले पुनः ओलीलाई प्रश्न गर्दै भने, ‘अब के चासो राख्न तयार हो त ? पार्टी एकताको लागि त्याग गर्न तयार हो त ? ल ठीक छ, पार्टी एकताको लागि को–को ले के–के त्याग गर्नुपर्ने हो तयार हुनुपर्यो !’ उनले विभिन्न पार्टीभित्र गलत प्रवृतिका विरुद्ध नयाँ ढंगले जुध्नुपर्छ भन्ने आवाज आफुले सुनिरहेको भन्दै भने, ‘आज बिहान पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मेरो कुराकानी भयो । मैले उहाँलाई पनि भनेँ अहिले पनि पुरानो पार्टी नेकपालाई रिभाइभ गरौं । एउटै ठाउँमा आउनुस् हिम्मत छ ?’अध्यक्ष नेपालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
हत्या गरी फरार रहेका ३ जना पक्राउ
-
दुल्लु दरबार पुनर्निर्माणमा बेवास्ता गरिएपछि उच्च अदालतमा रिट दायर
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी भएनन् पूर्णबहादुर र गगन
-
भ्यानले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
-
सरकारले भन्यो, ‘फास्ट ट्र्याकबाट विद्यालय शिक्षा विधेयक ल्याउँछौँ, शिक्षकहरु काममा फर्कनुस्’
-
कालिगण्डकी डाइभर्सनबारे सर्वोच्च अदालतले के भन्यो ? (पूर्णपाठ)