राहुल गान्धीको संसद् सदस्यता खारेज

चार वर्ष पुरानो आपराधिक मानहानि मुद्दामा दुई वर्षको जेल सजाय सुनाएको एक दिनपछि कांग्रेस नेता राहुल गान्धी शुक्रवार लोकसभाबाट अयोग्य घोषित भएका थिए । यो जानकारी लोकसभा सचिवालयले जारी गरेको सूचनामा दिइएको हो ।
केरलाको वायनाड लोकसभा सीटका सांसद राहुल गान्धीलाई सजायको दिन अर्थात मार्च २३, २०२३ देखि अयोग्य घोषित गरिएको छ ।
यस्तो भारतीय संविधानको अनुच्छेद १०२(१) र जन प्रतिनिधित्व अधिनियम, १०५१ अन्तर्गत गरिएको छ । यसअघि अदालतले गान्धीमाथि १५ हजार भारुको जरिवाना पनि लगायो । साथै सजायलाई ३० दिनका लागि स्थगित पनि गरिएको थियो ।
सन् २०१९ को यो मामला राहुल गान्धीले ‘मोदी थर’ को बारेमा गरेको टिप्पणीसँग सम्बन्धित छ, जसमा उनले नीरव मोदी, ललित मोदी र अन्यको नाम लिएका थिए र भनेका थिए, ‘सबै चोरको उपनाम कसरी मोदी भयो ?’
अदालतको यो निर्णयले राहुल गान्धीको लोकसभाको सदस्यतामा सङ्कट पैदा भएको थियो । यस सङ्कटको कारण जनप्रतिनिधित्व ऐन, १९५१ को प्रावधान र सर्वोच्च अदालतले दिएका पुराना फैसलाहरू थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा