कांग्रेस नेता खाणले भेटे प्रधानमन्त्री र उपेन्द्र यादवलाई

काठमाडौँ । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका छन् । केन्द्रमा गठबन्धन सरकार निर्माण र प्रदेशमा एमालेलाई हटाए गठबन्धन अनुकूल सरकार बनाउने कसरत भएका बेला नेता खाणले प्रधानमन्त्री प्रचण्ड र जसपा अध्यक्ष यादवलाई छुट्टाछुट्टै भेटेका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेका उनले जसपा अध्यक्ष यादवलाई जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा भेटका हुन् । प्रधानमन्त्री प्रचण्डसँग भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रम, गठबन्धनलाई अझ सशक्त बनाउने र सरकारलाई प्रभावशालीरूपमा सञ्चालन गर्ने विषयमा कुराकानी भएको थियो ।
‘प्रधानमन्त्री प्रचण्डज्यूसँग बालुवाटारमा भेट भयो । भेटमा समसामयिक राजनीतिक घटनाक्रम, गठबन्धनलाई अझ सशक्त बनाउने र सरकारलाई प्रभावकारी रूपमा कसरी सञ्चालन गर्ने भन्नेबारेमा कुराकानी भयो,’ नेता खाणले भने । संघीय सरकार विस्तार भएपछि प्रदेशहरूमा पनि गठबन्धन अनुकुलका सरकार विस्तार गर्नबारेमा कुराकानी भएको उनको भनाइ छ ।
गठबन्धनलाई बलियो बनाउनुपर्छ भनेर लागिरहेका नेता खाणसँग प्रधानमन्त्री प्रधानमन्त्रीले सत्ता भागबण्डाबारे पनि कुराकानी गरेका थिए । जसपा अध्यक्ष यादवसँग सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको भेटमा पनि केन्द्र सरकार विस्तार, प्रदेशमा गठबन्धन अनुकूलको सरकार निर्माणलगायतबारे कुराकानी भएको खाणले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग फुटबलमा आर्सनल विजयी
-
चैती छठ अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदै
-
विदेशी मुद्राको विनिमयदर, कसको मूल्य कति ?
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी