देशभर कति घर छन् ? कुन–कुन प्रयोजनमा प्रयोग हुन्छन् ?

काठमाडौँ । २०७८ सालको जनगणनाअनुसार नेपालभर कूल ७५ लाख ५२ हजार ६६ वटा घर रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको जनगणनाको रिपोर्टअनुसार देशभर ७५ लाखभन्दा धेरै घर/गोठ रहेको पाइएको हो । यसअघिका जनगणनामा तथ्यांक कार्यालय (तत्कालीन विभाग) ले घरको संख्या गणना गर्दैनथ्यो । तर, यसपटकको जनगणनामा घर र गोठको संख्या र तीनको प्रयोजनको बारेमा समेत जानकारी टिपोट गरेको हो ।
यसअनुसार देशभर साढे ७५ लाख वटा घर÷गोठ रहेको र ती १२ वटा प्रयोजनमा प्रयोग हुने गरेको पाइएको हो । नेपालमा रहेका कूल घरमध्ये ७१.७ प्रतिशत घर आवासीय प्रयोजनमा प्रयोग हुँदै आएका छन् । यस्तै, गोठ/मतान/धन्सारका रुपमा १०.१ प्रतिशत घर प्रयोग हुँदै आइरहेका छन् ।
बनेका साढे ७५ लाख घरमध्ये ६.३ प्रतिशत घर खाली परेर बसेका छन् । अर्थात ती घरको कुनै पनि प्रयोजनमा प्रयोग भइरहेका छैनन् । यसबाहेक भान्सार घरका रुपमा ५.९ प्रतिशत घर प्रयोग हुँदै आएका छन् भने व्यापारिक प्रयोजनमा ३.१ प्रतिशत घर प्रयोग हुँदै आइरहेका छन् । १.१ प्रतिशत घर शैक्षिक प्रयोजन, ०.३ घर होटल तथा लजका रुपमा र उद्योग धन्दाका रुपमा ०.४ प्रतिशत घर प्रयोग हुँदै आएका छन् । यसबाहेक, स्वास्थ्यजन्य प्रयोजनमा ०.२ प्रतिशत घर प्रयोग हुँदै आइरहेका छन भने बैंक तथा वित्तीय संस्थाले ०.१ प्रतिशत घर प्रयोग गर्दै आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज विश्व ‘अटिजम’ जागरूकता दिवस, विविध कार्यक्रमका साथ मनाइँदै
-
नवरात्र सुरु भएसँगै कालिका मन्दिरमा पर्यटक बढे
-
प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच आज भेटवार्ता हुँदै
-
हिजो आफन्तको जिम्मा लगाइएकी युट्युबर गंगा लामालाई आज फेरि साइबरमा उपस्थित गराइने
-
मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनमा नेविसंघ विजयी
-
आजदेखि देशभरका शिक्षक काठमाडौँका सडकमा उत्रिँदै