५१ प्रतिशत नेपालीको भान्सामा अझै पुगेन एलपी ग्यास
काठमाडौँ । नेपालका ५१ प्रतिशत नेपालीको भान्सामा अझै परम्परागत इन्धनको स्रोत प्रयोग हुने गरेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको २०७८ सालको जनगणनाको प्रतिवेदनअनुसार अझै ५१ प्रतिशत नेपालीले खाना पकाउन काठ–दाउरा र प्रयोग गर्ने गरेका हुन् ।
२०७८ सालको जनगणनाअनुसार नेपालमा कूल ६६ लाख ६० हजार ८५१ घर परिवार छन् । यीमध्ये ५१ प्रतिशत अर्थात ३३ लाख ३० हजारभन्दा धेरै घरपरिवारको पहुँचमा एलपी ग्यासको पहुँच नपुगेको हो ।
यसैगरी, नेपालका ४४.३ प्रतिशत परिवारले खाना पकाउने एलपी ग्यास प्रयोग गर्ने गरेका छन् । बिजुलीबाटा खाना पकाउने परिवारको संख्या ०.५ प्रतिशत छ भने गुइँठाको प्रयोगबाट अझै २.९ प्रतिशत परिवारले खाना पकाइरहेका छन् ।
जनगणनाको रिर्पोटअनुसार बायोग्याँसबाट खाना पकाउने परिवारको संख्या ०.०५ प्रतिशत छ भने मट्टितेलको प्रयोग गरेर खाना पकाउने परिवारको संख्या ०.१ प्रतिशत देखिएको छ । २०६८ सालको जनगणनाअनुसार काठदाउराको प्रयोग गरेर खाना पकाउने परिवारको संख्या ६४ प्रतिशत थियो ।
पछिल्लो एक दशकमा काठ÷दाउराबाट खाना पकाउने परिवारको संख्या १४ प्रतिशतले घटेको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारसँग ग्यासको गुणस्तर परीक्षण गर्ने ल्याब नै छैन, विस्फोट हुनबाट कसरी बच्ने ?
-
६ महिनामा ६ खर्ब ६७ अर्ब ६० करोड बजेट खर्च
-
राष्ट्रिय गौरवका आयोजनामा २५ प्रतिशत खर्च
-
‘एसियन हाइवे’ निर्माणले लियो गति
-
१२ बजे, १२ समाचार : प्रचण्ड ओलीप्रति आक्रामकदेखि रवि चौथो पटक धरौटी तिरेर रिहासम्म
-
प्रचण्डले असन्तुलित अभिव्यक्ति दिएको भन्दै शंकर पोखरेलको कटाक्ष