अझै ४.५ प्रतिशत नेपालीको घरमा छैन शौचालय
शुक्रबार, १० चैत २०७९, १४ : १६

काठमाडौँ । नेपालका ४.५ प्रतिशत जनसंख्या अझै शौचालयको पहुँच बाहिर रहेको तथ्यांक सार्वजनिक भएको छ । खुला दिशामुक्त घोषणा भएको ४ वर्षपछि पनि सतप्रतिशत नेपालीको घरमा शौचालय बन्न नसकेको हो । २०७६ साल असोज १३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई तामझामका साथ खुला दिशामुक्त देश घोषणा गरेका थिए । तर, २०७८ सालको जनगणनाअनुसार जम्मा ९५.५ प्रतिशत जनसंख्यामा शौचालय बनेको हो ।
जनगणनाअनुसार नेपालमा कूल ६६ लाख ६० हजार ८४१ वटा परिवार छन् । यसमध्ये ४.५ प्रतिशत परिवारमा अझै कुनै पनि प्रकारको शौचालय नबनेको हो । राष्ट्रिय तथ्यांक कार्यालयले आज जनगणनाको तथ्यांक सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समय रैनाको भारतका सबै कार्यक्रमहरू रद्द, पैसा फिर्ता गरिने
-
थकानले मात्र फरफराउँदैन आँखा, यो रोग पनि हुनसक्छ
-
महाकालीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
मनाङ र चीन बोर्डर ‘फू’ गाउँमा सशस्त्रको क्याम्प राखिने
-
आज विश्व पानी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
-
विश्वकप छनोट अन्तर्गत यूइएफए क्वालिफिकेशनमा इंग्ल्याण्ड विजयी