निर्धारित समयभन्दा आधा घण्टा ढिला गरी बागमती प्रदेशसभा सुरु

मकवानपुर । बागमती प्रदेशसभाको बैठक निर्धारित समयभन्दा ढिला गरी सुरु भएको छ । दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक १ः३० बजेबाट सुरु भएको हो ।
प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । उक्त बैठकमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई आफ्नो धारणा राख्ने समय पनि निर्धारण गरिएको छ ।
प्रदेशसभाको आजको बैठकमा एमालेका सांसदहरुको उपस्थिति न्यून छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका थपलियाले संसदबाट आफ्नो धारणा राख्दै सरकारबाट बाहिरिने घोषणा समेत गर्ने तयारी छ ।
तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिनुपर्ने अवस्था छ । प्रदेशमा पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा एमाले, माओवादी केन्द्र र राप्रपाबिच बनेको समीकरण राष्ट्रपतिको निर्वाचनसँगै भत्किएपछि राप्रपाले गत फागुन १३ गते शनिबार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो ।
सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । जस अनुसार मुख्यमन्त्री नियुक्त भएको ६७ दिनमा जम्कट्टेलले दोस्रो पटक संसदबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान