विराट गोल्ड कप : आज त्रिभुवन आर्मी र जावलाखेल भिड्दै

विराटनगर । विराटनगरको सहिद रंगशालामा जारी सातौँ संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगितामा आज त्रिभुवन आर्मी र जावलाखेल यूथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । रात्रिकालीन गोल्ड कप आज राती ७ बजे सुरु हुनेछ । ए डिभिजन लिग खेल्दै आएको जावलाखेललाई पहिलो पटक मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता विराट गोल्ड कप खेल्ने अवसर मिलेको हो । आर्मी पाँचौँ संस्करणको विराट गोल्ड कपको उपविजेता टिम हो । २०७४ मा भएको गोल्ड कपमा आर्मी थ्रिस्टारसँग फाइनलमा ३–० गोलले पराजित भएको थियो ।
बिहीबारको उद्घाटन खेलमा नेपाल प्रहरीलाई १– ० गोलले हराउँदै घरेलु टिम विराटनगर सिटी क्लब अन्तिम चारमा पुगेको छ । आज हुने खेलको विजेता टिम घरेलु टोली विराटनगर सिटीसँग सेमिफाइनलमा खेल्नेछ । चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी र विदेशीसहित ८ टिमको सहभागिता छ । प्रतियोगिताको विजेता हुने टिमले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’एमा लाजियो र युडिनिजले अंक बाँडे
-
प्रिमियर लिगमा न्यूक्यासलले वेष्टह्यामलाई हरायो
-
लोपोन्मुख कुसुन्डा भाषा संकटमा
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार