अमेरिका र दक्षिण कोरियालाई उत्तर कोरियाले दियो पानीमुनि ड्रोन आक्रमण गर्ने चेतावनी

उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियालाई पानीमुनि ड्रोन आक्रमण गर्ने चेतावनी चेतावनी दिएको छ । उत्तर कोरियाले पानीमुनि ड्रोन आक्रमणको परीक्षण गरेको दाबी गरेको छ ।
यो अमेरिका र दक्षिण कोरियाको पछिल्लो सैन्य अभ्यास रोक्न उत्तर कोरियाको पछिल्लो चेतावनी हो । उत्तर कोरियाको सरकारी मिडियाले न्युक्लियर वार हेडद्वारा सुसज्जित ड्रोनले शत्रुलाई नष्ट गर्ने बताएको छ ।
यसबारे उत्तर कोरियाली नेता किम जोङ उनको तस्बिर पनि सार्वजनिक गरिएको थियो जसमा उनी ‘टरपिडो’ जस्तो कुनै चिजसहित देखिएका छन् । दक्षिण कोरिया र अमेरिकाले महत्त्वाकाङ्क्षी युद्धाभ्यास गरिरहेका छन् ।
विगतका वर्षहरूमा दुवै देशले यति ठुलो परिमाणमा यस्तो युद्धाभ्यास नगरेको बताइएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले उत्तर कोरियाले आफ्नो लापरवाह उक्साहटको मूल्य चुकाउनु पर्ने वाचा गरेका छन् ।
उनले उत्तर कोरियाले लगातार आफ्नो आणविक हतियार क्षमताको विकास गरिरहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा